बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारको इन्द्रेणी टोलमा गत आइतबार आफ्नै गाई फर्ममा भएको आगलागीबाट घाइते भएका फर्म सञ्चालक अमर बहादुर कार्कीको उपचारमा सहयोग गर्न सङ्कलित रकम ५५ हजार ९ सय पीडितका परिवारलाई हस्तान्तरण गरिएको छ ।

आगलागीबाट पीडित भएका कार्कीको उपचार गर्न आर्थिक अभाव भएपछि परिवारको अनुरोधका सञ्चारकर्मी दीपक पुरीले सहयोग सङ्कलन अभियान सञ्चालन गरेका थिए ।

सहयोग अभियानमा देश विदेश तथा सङ्घसंस्था साथै ब्यक्तीहरुले पठाएको रकम जम्मा गरी ५५ हजार ९ सय सङ्कलन भएको र उक्त रकम दीपक पुरीले उपचाररत अस्पतालमै पुगेर उनकी छोरी मेरिना र श्रीमतीलाई हस्तान्तरण गरेका हुन ।

हालसम्म सहयोग अभियानबाट २ लाख ६५ हजार ५ सय ३६ रुपैयाँ सङ्कलन भइसकेको अभियानकर्मी पुरीले जानकारी दिए।

आगलागीबाट अमर कार्कीको फर्ममा आगलागी हुँदा २० लाख बढीको क्षति भएको, अहिलेसम्म ५ वटा भैंसी १ पाडा र ३ बाख्राको पाठा जलेर मृत्यु भएको सकेको र अन्य घाइते चौपायालाई नगरपालिका लगायत विभिन्न संस्थाहरूले उपचार गरिरहेका छन् ।