धरान : सुनसरीको बराहक्षेत्र-१ चतरा नहरमा एक पुरुषको शव फेला परेको छ ।

शुक्रवार नहरमा साँझ फेला परेको शवको पहिचान हालसम्म पनि नखुलेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।

६०,६५ वर्षको जस्तो देखिने पुरुष मानिसको मृत फेला परेको स्थानीयले जानकारी दिए पछि स्थलगत प्रारम्भिक अनुसन्धान गरी हाल शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा पोस्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।

उक्त मृतक पुरुषको शरीर मोटो वर्ण गहुँगोरो उचाइ ५ फिट ३ इन्च आकासे रङको कमिज सुरुवाल लगाएको र कपाल कालो सेतो र धर्के जुत्ता लगाएको प्रहरीको भनाई छ ।

पुरुष मानिसलाई चिन्ने माहानुभावहरुले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सम्पर्क राख्नु प्रहरीले अनुरोध पनि गरिएको छ ।

स्थानीय बासिन्दाका अनुसार मृत पुरुष महेन्द्रनगरको एक घरमा बास मागेर बसेका थिए । भने चतरा धाम दर्शन गर्न आएको बुझिएको छ । थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पाण्डव राजवंशीले जनाएका छन् ।