धरान : औषधी व्यवस्था विभाग शाखा कार्यालय विराटनगरका सातौँ तहका फार्मेसी अधिकृत सरोज विरुद्ध उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो २ लाख कायम गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ ।

अधिकृत सुवेदीले सेवाग्राही बिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग उनले २ लाख लिएको अख्तियार आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी तारानाथ दाहालले उनलाई आज विशेष अदालतमा सुवेदी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको जानकारी दिए ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूलाई कारबाही गर्न माग गदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गत फागुन १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा फार्मेसी अधिकृत सुवेदीलाई विराटनगरबाट पक्राउ परेका थिए ।
औषधि व्यवस्था विभाग विराटनगर शाखामा कार्यरत फार्मेसी अधिकृत सरोज घिमिरेलाई घुस लिएको २ लाख रुपैयाँ नगदसहित बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रशासनले सिल गरेको एक फार्मेसी पसल मुद्दा मिलाएर खोलिदिने भन्दै उनले सेवाग्राहीसँग घुस लिएको बताइएको छ ।

२ लाख रुपैयाँ घुस लिइसकेपछि थप रकमको समेत बार्गेनिङ गरिरहेको अवस्थामा घिमिरेलाई विराटनगर महानगरपालिका-३ स्थित भट्टराई होटेल अगाडिबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।