धरान : श्री सम्यक शिक्षा आधारभूत विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन भएको छ ।

विद्यालयका अभिभावकहरूको सक्रिय उपस्थित भएको सो भेलाबाट अशोक कुमार राईको अध्यक्षतामा नौ जनाको विद्यालय व्यवस्थापन समितिको गठन भएको छ ।

अध्यक्षमा अशोक कुमार राई, सदस्यहरूमा ज्ञानसरी राई, निर्मला विक, सरिता लामा र समाजसेवीबाट चन्द्रकला तामाङ र निरन्तर सहयोगीदाताबाट धरान राउन्ड टेबल २६ का अध्यक्ष आशिष अग्रवाल सदस्यमा मनोनीत भएका छन् ।

सुनिता तामाङको अध्यक्षतामा सात जनाको शिक्षक अभिभावक सङ्घको पनि गठन भएको छ । अध्यक्षमा सुनिता तामाङ, सदस्यहरूमा राजकुमार विक, वीरेन्द्र राई, निता भुजेल, चन्द्र तामाङ, विष्णु कुमारी विशुङ्के र रुकमणी लिम्बुनी रहेका छन् ।

सो कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा शाखाको शाखा अधिकृत रामचन्द्र कार्की र वडा न १७ को वडा सदस्य सुवास बर्देवा र फुलमाया परियारको उपस्थित रहेको थियो ।