धरान : नेपाली काँग्रेसका सभापति एवं पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलवार धरान आउदैछन् ।

५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा धरानमा आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्न देउवा धरान आउन लागेका हुन् । नेपाल दलित सङ्घ, केन्द्रीय कार्यसमितिले समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेश १ स्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

धरान-१५ स्थित चुम्लुङ हिमको हलमा हुने कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्न देउवा धरान आउन लागेका हुन् ।

सो कार्यक्रममा प्रदेश नं १ का १४ जिल्लाबाट सङ्घका अगुवा कार्यकर्ताहरू सहभागी हुने बताइएको छ । प्रत्येक जिल्लाबाट अनिवार्य महिला सहित ५ जना सहभागी हुनेछन् । पहिलो दिन उद्घाटन सत्र हुने र दोस्रो दिन कार्यपत्र प्रस्तुति, छलफल टिप्पणी र प्रशिक्षण कार्यक्रम हुने बताइएको छ ।