धरान : मेघा कलेजका खेलाडी कविन मगरको उत्कृष्ट प्रर्दशनले काठमाण्डौमा आयोजना भइरहेको २३ वर्ष मुनिका यु २३ रोयल बास्केटबल प्रतियोगितामा मेघा कलेजले विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा टिमलाई जिताउन कविनले व्यक्तिगत १४ अङ्क जोडेका थिए । धरान मेघा कलेज र काठमाण्डौका झिलिमिली बास्केटबल क्लब बिच भएको प्रतिस्पर्धात्मक खेलमा मेघा कलेजले ५६–४५ अङ्कको अन्तरले झिलिमिलीलाई पराजित गरेको हो । खेलमा मेघा कलेज र भिलिमिलिले प्रत्येक क्वाटरमा १०–१०, १९–९, १५–१४, र १२–१२ अङ्क जोडेका थिए ।

यही चैत्र ८ गते देखि रोयल एकेडेमीको आयोजनामा २३ वर्ष मुनिका रोयल बास्केटबल च्याम्पियनसिप आयोजना भइरहेको छ । धरान उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै धरान मेघा कलेज बास्केटबल टिमले प्रतियोगितामा सहभागी जनाइरहेको छ । दोस्रो खेल मेघा कलेजले मङ्गलवार टाइम्स इन्टरनेशनल कलेज सँग प्रतिस्पर्धा गर्नेछ ।

धरान मेघा कलेज टिममा कविन मगर, सन्तोष तामाङ, सरोज राई, साहिल तामाङ, सुजन राई, सुसन श्रेष्ठ, जोमन राई, दिवस राई, मौसम राई, रोहन श्रेष्ठ, मानवहादुर दर्जी, निसाम तामाङ र प्रशिक्षकमा हेमन्त राई र युगल लिम्बु रहेको छ ।