धरान : नेपाल पत्रकार महासङ्घको आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि यति बेला पत्रकार नेतृत्व बिच रस्साकस्सी सुरु भइसकेको छ ।

जिल्ला तह देखि केन्द्र सम्म नेपाल पत्रकार महासङ्घको नेतृत्वको सवालमा पत्रकारहरू बिच आ-आफ्नो समूहबाट नेतृत्वको बारेमा धमाधम उम्मेदवारहरू घोषणा गर्ने क्रम सुरु भएको छ ।

सुनसरीमा प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन, प्रेस युनियन लगायतका पत्रकारहरूको दलीय सङ्गठनहरूले आ आफ्नो उम्मेदवारहरूको सुची बनाउन थालिसकेका छन् ।

देशैभर एकै दिन हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि देशभरका जिल्ला शाखाहरूले तयारी गरिरहेका छन् भने केन्द्रले पनि त्यही अनुसार तयारी थालेको छ ।

यही क्रममा नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो ।

प्रकाशित मतदाता नामावलीमा दाबी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।

पूरा नामावली हेर्नका लागि तलको लिङ्क खोल्नुहोस्–

http://fnjnepal.org/np/notices?fbclid=IwAR05UkxEEwG-mdCGAhiQkifyFfiyF1dlOzBMhl5VyV6fVgGSGrK-ye2EDDg