धरान : धरानमा महिलाहरू उद्यमी ब्याबसायी बनाउने उद्देश्यले चार दिने व्यावसायिक नर्सरी तालिम सुरु भएको छ।

चालू आर्थिक वर्ष २०७७/७८ को लक्षित वर्गको बजेटबाट राष्ट्रिय आदिवासी जनजाति नगर महासङ्घ धरानद्वारा मंगलबार सुरु भएको छ।चार दिने उक्त तालिमलाई धरान उपमहानगरका सामाजिक विकास शाखा प्रमुख प्रज्ञादेवी निरौलाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको छ।

धरान उपमहानगर वडा नम्बर ७ स्थित क्यामेलिया नर्सरीमा तालिम सञ्चालन भइरहेको छ। तालिममा धरानमा रहेका नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध जातीय संस्थाका २० जना महिलाहरू सहभागी रहेको महासङ्घका अध्यक्ष चन्द्रकला प्रधानले जानकारी दिइन।

चार दिनसम्म चल्ने उक्त तालिममा युमिहाङ राई क्यामेलियाको सञ्चालक राजेश राईले प्रशिक्षण दिइरहेका छन्। तालिम अवधिभरमा फुलको ब्याड राख्ने बीउ बिजन सिचाइ लगायतमा जानकारी दिइनेछ।