धरान : नेकपा एमाले र माओवादी केन्द्रका दुई दर्जन बढी क्रियाशील कम्युनिस्ट कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरूलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, डाक्टर डिला सङ्ग्रौला, डाक्टर मिनेन्द्र रिजाल, मीन विश्वकर्मा लगाएका नेताले अवीर लगाएर नेपाली काँग्रेसमा स्वागत गरेका थिए । 

मङ्गलवार धरानमा सम्पन्न नेपाल दलित सङ्घले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका नरबहादुर राई माओवादी केन्द्रका दिनेश घिमिरे सहित विपिन मगर, श्याम सेन्चुरी, रामप्रसाद पोखरेल, राजकुमार साहा, अनिल श्रेष्ठ, अमित साहा  योगेन्द्र गौतम लगाएका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस वराहक्षेत्र सभापति नारायण नेपालले बताए ।

त्यसैगरी धरानका विभिन्न पार्टी परित्याग गरी  १० जना काँग्रेसमा प्रवेश गरेको दलित सङ्घ नगर सभापति गणेश परियारले बाताए ।

परियारका अनुसार नबप्रवेशीहरुलाई केन्द्रीय सभापति देउवाको हातबाट पार्टीको साधारण सदस्य समेत प्रदान गरिएको छ।