धरान : पाँचथरको फाल्गुनन्द–५ सुलुम्फीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम फाकफोकथुम–७ एकतप्पाका २२ वर्षीय पदम लिम्बुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पाँचथरबाट झापा तर्फ आइरहेको मे १ ज ४१६ नम्बरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालो जानेक्रममा अचानक ब्रेक फेल भई रोडको साइटमा पल्टिदा ट्याक्सीमा सवार लिम्बु गम्भीर घाइते भएका थिए ।

घाइते लिम्बुलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल पाँचथर लाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।