बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ चक्रघट्टिमा अहिले धमाधम विकास निर्माणको काम भई रहेको छ ।

कतै कालोपत्रेको लागि काम भई रहेको छ भने कतै कालोपत्रे गरी सकेको ठाउँमा पक्की नाला बन्दै छ । जसमा बराहक्षेत्र नगरपालिका र सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगर साथै उपभोक्ताहरूको लगानी गरी साझेदारीमा अहिले धमाधम कालोपत्रेको काम भई रहेको हो ।

मुनाल चौक देखि बुधबारे चौक सम्म १ सय ६३ किलोमिटर कालोपत्रेको काम सुरु भैसकेको र उक्त निर्माण उपभोक्ता समिति बाट भएको जसमा बराहक्षेत्र नगरपालिकाको २० लाख र उपभोक्ताहरूबाट ११ लाख ११ हजार १ सय ५२ रुपैयाँ गरी ३१ लाख ११ हजार १ सय ५२ रुपैयाँ साझेदारीमा धमाधम काम भई रहेर नगरपालिकाको योजना शाखा प्रमुख राम ढकालले बताए ।

चक्रघट्टिको महेन्द्र मावि हुँदै बुधबारे चौक कालिमन्दिर हुँदै उपभोक्ता र नगरपालिकाको साझेदारीमा ३ सय ९१ मिटर कालोपत्रेका उपभोक्ता समितिले निर्माणको काम धमाधम भई रहेको छ भने नगरपालिकाबाट ५० लाख उपभोक्ताहरू बाट २० लाख ८० हजार ५ सय ७३ रुपैयाँ गरी जम्मा ७० लाख ८० हजार ५ सय ७३ रूपमा साझेदारीमा काम भई रहेको छ ।

सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरबाट ठेक्का मार्फत गाडी स्टेन देखि हुँदै राँगा चौक नजिक सम्म सड्क स्तरोन्नति गर्न ३४ लाख ७ हजार ५ सय ३६ रुपैयाँमा ठेक्का लागि अहिले धमाधम काम भई रहेको ढकालले बताए ।

ढकालका अनुसार दुब्याही खोलामा कल्भट निर्माण गर्न कमला निर्माण सेवा बराहक्षेत्र ५ लाई २७ लाख ८९ हजार २ सय ८० रुपैयाँमा ठेक्का लगाइएको उक्त ठेक्का अनुसार धमाधम काम भई रहेको र मधुवन शुक्रबारे बाट प्रकाशपुर दाजुभाइ चौक सम्म ३ सय ४५ मिटर कालोपत्रे गर्न चक्र निर्माण सेवाले ३३ लाख १ सय २ रुपैयाँमा ठेक्कामा काम हुँदै गरेको छ ।

सुनसान चौक देखि धिमाल चौक जाने बाटो कालोपत्रे गर्न चक्र निर्माण सेवा एन्ड भारद्वाज आचार्य जेभीले ठेक्का पारेको र उक्त ठेक्का बापतको रकम ३३ लाख २२ हजार ९ सय ४५ रुपैयाँमा ३ सय ९० मिटर कालोपत्रे गर्ने भएको छ ।

राजाबास स्वामिगाछी बिमिरागाछी १३ आरडि कुटि हुँदै जमटोकी सडक सम्म १ किलोमिटर ३ सय ४० मिटर कालोपत्रेको काम सुरु भएको छ । १ करोड ८० लाख ६ हजार ४ सय ८९ रुपैयाँमा अब्दुल्ला बिल्डर्स प्राली भोक्राहाले ठेक्का पाएको र उक्त कम्पनीले धमाधम काम गरिरहेको ढकालले बताए ।