झापा  : झापाको दमक-९ मा रहेको हिमालय गुडरिक चिया बगानमा बुधवार साँझ आगलागी भएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको सो बगानको दक्षिणपश्चिमपट्टी बगानमा आगलागी भएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीय कुमार धिमालका अनुसार सो स्थानमा लागू औषध गाँजा खानेहरूको जमघट भइरहने भएकाले यस्तै ब्याक्तीहरुले त्यहाँ आगो लगाएको हुन सक्ने बताए ।

आगलागीको खबर पाएर पुगेको दमक नगरपालिकाको दमकल सडक नभएका कारण सो बगानभित्र प्रवेश गर्न नसकेपछि स्थानीयवासीहरु मिलेर स्याउलाको सहायतामा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएका थिए ।

आगो थप फैलिने क्रम देखेपछि आगो बस्तीमा आइपुग्ला कि भन्ने डरले पनि स्थानीयहरू आफै आगो निभाउन जुटेका थिए ।

Dadhelo-1