धरान : इटहरीमा १६ वर्षीय बालिकाको नग्न फोटोहरू खिचेर फोटोमा मोलमोलाइ ‘बार्गेनिङ’ गरेको खुलेको छ ।

अर्ध नग्न फोटोहरू खिची फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरी दिन्छु भन्दै पटक पटक करणी गरेको आरोपमा इटहरी-४ का ४० वर्षीय प्रेम बहादुर निरौलालाई प्रहरीले पक्राउ गरे पछि फोटो बार्गेनिङको कुरा आएको प्रहरीको भनाई छ ।

इटहरीका डिएसपी अर्जुन केसीले कपुरी न्युज सँग भने ‘प्रेमको मोबाइलबाट डिलिट गरिएका बालिकाका नग्न फोटोहरू रिकभर गरी निकालेका छौ, बार्गेनिङ गरेको हो वा हैन अनुसन्धान गरिरहेका छौ । ’ उनले फेरी भने तर उनी ठाडो उजुरी र युवतीको केसमा धेरै पटक पक्राउ प्रहरीमा तथ्याङ्क छ ।

धनकुटाबाट कलेज पढ्न आएकी बालिकालाई करणी गर्ने प्रेम घर मालिक हुन् । उनको अदालतमा श्रीमती सँग डिभोर्सको मुद्दा चलिरहेको छ ।

पीडित बालिकाले प्रहरीमा दिएको उजुरीमा श्रीमती सँग सम्बन्ध विच्छेद भइसकेको छ तिमिलाई विवाह गर्छु, जग्गा तिम्रो नाममा पास गर्दिन्छु भन्दै प्रलोभन देखाएको समेत उल्लेख छ । शारीरिक सम्बन्धबारे कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको जाहेरीमा उल्लेख छ ।

धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तृत यौनजन्य शारीरिक स्वास्थ्य परीक्षण गरेपछि बालिकालाई आफन्तले जिम्मा लिएका छन्, भने सुनसरी अदालत जबरजस्ती करणी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको केसीले बताए ।