धरान : मोरङको सुन्दरहरैचा नगरपालिका-११ का ४५ वर्षीय शान्ति श्रेष्ठको पानीमा डुबेर मृत्यु भएको छ ।

बुधवार दिउँसो बेलवारी नगरपालिका-२ मा रहेको लोहन्द्रा खोलाबाट बालुवा निकाल्ने क्रममा अचानक पानीमा लडेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलवारीबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।