धरान : उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बाट नियन्त्रित लागुऔषध ट्याब्लेट सहित तिन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो लागुऔषध लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल ,डाईजेपाम २७ एम्पुल र ५० ग्राम गाँजा सहित स्थानीय २५ वर्षीय प्रभात मगर, ३२ वर्षीय सुरज राई र ३० वर्षीय सुमन राईलाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।