धरान : मोरङको बुढिगंगा गाउँपालिका–२ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्बिन मगर स्कुटर चोरीको आरोपमा पक्राउ परेका छन् ।

चैत्र ८ गते इटहरीको धरान लाइनमा पार्किङ गरी राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना प्राप्त भए सँगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटर सहित दुवै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।