बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चक्रघट्टिमा रहेको साना किसान कृषि सहकारी संस्थाबाट लघु कर्जा बिमा कार्यक्रम अन्तर्गत सदस्य नैना कुमारी राईले लिएको ऋण सिटिजन लाइफ इंस्योरेंस कम्पनीले तिरिदिएको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड र सिटिजन लाइफ इंस्योरेंस कम्पनी बिच भएको लघु कर्जा बिमा कार्यक्रम सम्झौता अनुसार साना किसान कृषि सहकारी संस्थाका सदस्य नैना कुमारी राईले २०७७ पुस २७ गते ४ लाख ८० हजार ऋण लिएकी थिइन् ।

राईको माघ २५ गते निधन भएको र राईले लिएको ऋण रकम संस्थालाई तिर्न कठिन भएकोले साँवाँ तथा ब्याज रकम नतिरेकोले सहकारी संस्थाले बताएको छ ।

संस्था बाट ऋण लिँदा अनिवार्य लघु कर्जा बिमा गर्नु पर्ने र उक्त बिमा गर्न सिटिजन लाइफÞ इंस्योरेंस कम्पनीसँग सम्झौता भए अनुसार मृतक राईले सिटिजन लाइफ इंस्योरेंस कम्पनीमा बिमा गरेको र उक्त बिमा बापत आउने ४ लाख ८० हजार पैसा बिमा कम्पनीले साना किसान सहकारीको ऋण चुक्ता गरिदिएको संस्थाका प्रबन्धक निर्देशक नमाहङ्ग लिम्बूले बताए ।

बिमा कम्पनीले परिवारलाई काजक्रिया खर्च बापत १० हजार समेत भुक्तानी गरी दिएको कम्पनीका धनराज कार्की बताए ।

कार्कीले भने -राईले लिएको ऋण रकÞम मिनाहा भएको र राईले ऋण बिमा गर्दा एक वर्षको बिमा शुल्क बापत २२ सय मात्र तिरेका थिए । संस्थाले अहिलेसम्म ४ सय ८४ जनाको लघु कर्जा बिमा कार्यक्रम अन्तरगत गरिएको छ ।