इलाम : भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् ।

उनले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् ।उनलाई सहायक सिडिओ धरेन्द्र चापागाईँ र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे ।

दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिप्रकाले पनि सहजीकरण गरिदिएको थियो।

योसँगै भारतमा क्षतिपूर्ति माग दाबीका लागि सहज भएको छ । उनका भाइ प्रकाशचन्द्र तिम्सिना र भतिजा गोपाल तिम्सिनाको नाता प्रमाणिकरण प्रमाणपत्र पनि बनेको छ ।
उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भनी आदेश दिए लगत्तै प्रक्रिया सुरु गर्न नाता प्रमाणिकरण गरिएको हो ।

Durga-Prasad-nagarikata