धरान : धरान उपमहानगरपालिकामा १ जना महिला सहित आज प्रदेश १ मा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार धरान उपमहानगरपालिकामा १ जना महिला, विराटनगर महानगरपालिकामा २ जना महिला र प्रदेश १ बाहिरका १ जना पुरुष गरी ४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

प्रदेश १ मा ३० हजार ३११ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका मध्ये ४६६ जनाको मृत्यु भएको छ ।