धरान : मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

आज दिउसो सवा १२ बजे मोरङको कटहरी-४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्र्याक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक धनपालथान-७ का ६० वर्षीय मुस्तफी मियाको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आज दिउसो सवा १२ बजे पाँचथरको कुम्मायक-४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्र्याक खन्ने क्रममा ना १ क ८३२१ नम्बरको एक्स्काभेटर अचानक चिप्लिएर ५०० मिटर तल झरी दुर्घटना हुँदा चालक दोलखा तामाकोसी-३ पुरानोगाँउका २८ वर्षीय पवन महतको घटनास्थल मानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।