धरान : स्व. लीला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितिको संयोजनमा चैत १० बाट सुरु भएको लीला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबल टेनिस प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा मेन्स सिङ्गलतर्फ अमरलाल श्रेष्ठ प्रथम, बोद्धित डिसी दोस्रो, राजेश भट्टराई र महावीर चौधरी तेस्रो भए भने लेडिज सिङ्गलतर्फ दीक्षा दाहाल प्रथम, गीता भुजेल दोस्रो, मारिया थापामगर र प्रकृति राना तेस्रो भइन् ।

मेन्स र लेडिज सिङ्गल प्रथम हुनेले ट्रफि र मेडल सहित नगद २०/२० हजार रुपैयाँ पाए भने दोस्रोलाई ट्रफि र मेडल सहित नगद १०/१० हजार रुपैयाँ र तेस्रो हुने दुई जनालाई ट्रफि र मेडल सहित नगद ५/५ हजार रुपैयाँ हात पारे ।

यस्तै अन्डर १९ ब्वाईजतर्फ बोद्धित डिसी प्रथम, हिमाल विष्ट दोस्रो, नम्साङ राई र सिद्धार्थ तामाङ तेस्रो भए भने ग्रल्र्सतर्फ दीक्षा दाहाल प्रथम, मारिया थापामगर दोस्रो, अञ्जली ठाकुर र समृद्धि लुइँटेल तेस्रो भइन् ।

भेट्रान सिङ्गलतर्फ राजेश भण्डारी प्रथम, चन्दन शाही दोस्रो, बिकेन थापा र राजन सुब्बा तेस्रो भए । जुनियर सिङ्गल, जुनियर ग्रल्र्स र भेट्रान सिङ्गलतर्फ प्रथमले ट्रफि र मेडल सहित नगद १५/१५ हजार, दोस्रो हुनेले ट्रफि र मेडल सहित जनही ७ हजार ५ सय रुपैयाँ र तेस्रो हुने दुई जनाले ट्रफि र मेडल सहित ३५/३५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै अन्डर १५ ब्वाईज सिङ्गलमा समीर खत्री प्रथम, सिद्धार्थ तामाङ दोस्रो, हिमाल विष्ट र विशाल मलिक तेस्रो भए भने ग्रल्र्स सिङ्गलमा अञ्जली ठाकुर प्रथम, प्रकृति राना दोस्रो, प्रयाश्का राई र सुलेखा ठाकुर तेस्रो भए ।

ब्वाईज सिङ्गल र ग्रल्र्स सिङ्गल (१५ वर्ष मुनिका) प्रथमले ट्रफि र मेडलसहित नगद १०/१० हजार, दोस्रोले ट्रफि र मेडलसहित ५/५ हजार र तेस्रो हुने दुई जनाले ट्रफि र मेडलसहित २५/२५ सय रुपैयाँ पाए ।

प्रतियोगितामा काठमाडौँ, बुटवल, मोरङ र सुनसरीका ७८ जना खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिता धरान १३ स्थित अमर सेवा समाजको कवर्ड हलमा सम्पन्न भएको हो ।