धरान : झापाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परिणामको अवैध समान बरामद भएको छ ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छली गरी ल्याएको विभिन्न प्रकारका करिब ५ लाख बराबरको कस्मेटिक समानहरू बरामद गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाले १३ लाख भन्दा बढीको अवैध समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो मात्र अवैध लत्ता कपडा र कस्मेटिक समान गरी मेचीनगर नगरपालिका–६ र ५ बाट करिब १३ लाख ८३ हजार ५ सय बरामदको अवैध समान बरामद गरेको हो ।

बरामद भएको उक्त समान मेची भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।