धरान : नेकपा एमाले सुनसरी जिल्ला कमिटीले गएको फागुन २८ र चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठकले आधिकारिता प्रदान गरेको कमिटी मात्र आधिकारिक र क्रियाशील भएको दाबी गरेको छ ।

नेकपा एमाले सुनसरी जिल्ला कमिटीका अध्यक्ष रेवतीरमण भण्डारीद्वारा जारी विज्ञप्तिमा २०७५ चैत अघिका कमिटीहरू अब अस्तित्वमा नरहेकोले त्यस्ता गुटगत गतिविधिमा सामेल नहुन पनि आग्रह गरिएको छ ।

पार्टीमा कुनै गुतगत गतिविधिमा यो वा त्यो नाममा कार्यकर्तालाई संलग्न नगराउन पनि अध्यक्ष भण्डारीले चेतावनी दिएका छन् । पार्टीका सबै नेता, कार्यकर्ताहरूलाई उचित र सम्मानपूर्ण जिम्मेवारी प्रदान गरिने पनि बताएका छन् ।

सुनसरी जिल्लाको हकमा मिति २०७७ फाल्गुण १ गतेका दिन शपथ लिएको रेवती भण्डारी नेतृत्वको जिल्ला कमिटी र सोही दिन गठन गरिएका उपमहानगर कमिटी, नगर कमिटी र गाउँ कमिटीहरूलाई नेकपा ९एमाले० केन्द्रीय कमिटीको २०७७ फाल्गुण २८ गते र चैत्र ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले आधिकारिकता प्रदान गरेको हुनाले तिनै कमिटीहरू आधिकारिक रूपमा क्रियाशील रहेको विज्ञप्तिमा जनाइएको छ ।

Bigyapti 2