धरान : नेपाल राष्ट्रिय मगर सङ्घ सुनसरीको कार्यसमिति गठन भएको छ ।

काँग्रेस निकट नेपाल राष्ट्रिय मगर सङ्घ सुनसरीको सभापतिमा शशी पुलामी मगर चयन भएका छन् ।
सभापति पुलामीको कार्यसमितिमा ९ सदस्य रहेको छ ।

समितिमा सरिता राना मगर उपाध्यक्षमा, हेमन्त थापा मगर सचिवमा र शोभादेवी आले कोषाध्यक्षमा चयन भएका छन् । यस्तै सदस्यहरूमा प्रकाश पुलामी मगर, नवीन राना, अन्जु पुलामी, मनिष मगर र गङ्गा थापा मगर चयन भएका छन् ।

हिजो (बिहीबार) आयोजित कार्यक्रममा राष्ट्रिय मगर सङ्घका केन्द्रीय सदस्य जित मगर र राष्ट्रिय मगर सङ्घ प्रदेश नं. १ का संयोजक जगत राना मगरको उपस्थितिमा कार्यसमिति गठन गरिएको हो ।