विराटनगर : प्रदेश १ का नव नियुक्त ४ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त मन्त्रीहरू आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङ, सामाजिक विकास मन्त्री उषाकला राई, भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ र कृषि मन्त्री रामबहादुर रानालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र दुई राज्यमन्त्री कृषि राज्यमन्त्री कला घले र वन राज्यमन्त्री राजकुमार ओझालाई मुख्यमन्त्री शेरधन राईले शपथग्रहण गराएका हुन् ।

नवनियुक्त मन्त्रीहरू शपथग्रहण पछि आ आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गर्ने बताइएको छ ।

शपथग्रहण कार्यक्रममा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबाट कसैको पनि उपस्थिति थिएन भने केही बहालवाल मन्त्री समेत अनुपस्थित थिए ।

Sapath-Grahan