इटहरी :  मेरो माइक्रो फाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेडले मोरङको सुनबर्शी नगरपालिकाको डायनिया र सुनसरीको हरिनगर मा दुई वटा नयाँ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ ।

सो शाखा कार्यालयहरूको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरे । ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै संस्थाले कर्जा लगानी गरी शुक्रवार शाखाको उद्घाटन गरेको हो ।

सोही समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले भने 'ग्राहक सुविधा उपलब्धताको लागि धेरै शाखा विस्तार गर्ने योजना अनुरूप नयाँ शाखाहरूका उद्घाटन गर्न पाउँदा हामीलाई खुसी लागेको छ'।

अनवरत रूपमा आफ्ना सेवा तथा सुविधाहरू समाजका विभिन्न तह र तप्काका बढी भन्दा बढी ग्राहकहरूलाई उपलब्ध गराउने उद्देश्य अनुसार देशका विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालयको सञ्जाल बढाउँदै लगिरहेको बताए ।

मेरो माइक्रोफाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेड प्रदेश १ अन्तर्गत १४ जिल्लामा १९ शाखा कार्यालय मार्फत सेवा प्रदान गरेर आफ्ना सबै ग्राहकहरूलाई आर्थिक तथा सामाजिक रूपमा सक्षम तथा सँगै अघि बढ्ने विश्वास लिएको संस्थाले जनाएको छ ।