धरान : धरान-८ दुर्गापथमा घरायसी विवादमा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका तिलबहादुर माझीलाई धरान प्रहरीले आज सार्वजनिक गरेको छ ।

बिहीबार साँझ ५ बजे घरायसी विवादमा माझीको श्रीमती सम्झना भनिने कमला माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका ३९ वर्षीय माझीलाई आज जिल्ला अदालत सुनसरीमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

माझीलाई विहिबारनै घटनास्थलबाट खुकुरी सहित धरान प्रहरीले पक्राउ गरेको थियो । माझीले केही दिन देखि अस्वाभाविक गतिविधि देखाउँदै आएको र बिहीबार आफ्नै श्रीमतीलाई खुकुरीले प्रहार गरेर हत्या गरेको छिमेकीलाई उद्धित गर्दै प्रहरीले जनाएको छ ।