धरान : आज शनिवार चैत्र महिनाको तेस्रो शनिवार । धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा कार्तिक र चैत्र महिनाको हरेक शनिवार र मङ्गलवार भक्तजनहरूको ठुलो भिड लाग्ने गर्दछ । यही क्रममा आज बुढासुब्बामा भाकल गर्ने भक्तजनहरूको भिड लाग्यो ।

Budhasubba-4

सप्तकोसी विद्यालय उर्लाबारीबाट आज बिहानै ५३ जना विद्यार्थी शैक्षिक भ्रमणका लागी बुढासुब्बा आए । यस्तै सुनसरीको कालाबन्जारबाट आएकी सबिना राईले आफू प्रत्येक वर्ष बुढासुब्बा आउने बताइन । हर्कमाया लिम्बुले कार्तिक र चैतमा वर्षको एक पटक आउने बताइन ।

Budhasubba-2

बुढासुब्बामा भाकल गरेको चैत्र र कार्तिक महिनामा छिनाए राम्रो हुने जनविश्वास रहेको छ । त्यसैले धराको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा चैत्र र कार्तिकमा भक्तजनहरूको ठुलो घुइँचो लाग्ने गर्दछ ।

बुढासुब्बा मन्दिरमा दैनिक भक्तजनहरूको ठुलो भिड लाग्न थालेपछि अहिले मन्दिर व्यवस्थापन समितिले बुढासुब्बा मन्दिर परिसर भित्र भक्तजनहरूलाई पुनः कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै भौतिक दुरी कायम गराउन बासले बारेको छ ।

Budhasubba-1

साबुन पानी गेटमा राखिएको छ भने इलाका प्रहरी कार्यालय र प्रशासन सँग छलफल गरी मन्दिरमा आउने भक्तलुहरुलाई थप व्यवस्थित गर्ने बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सचिव उत्तम आलेले बताए ।

बुढासुब्बा मन्दिरमा देश विदेशका भक्तजनहरू भाकल छिनाउन आउने गर्दछन् । त्यसैले मन्दिरको व्यवस्थापन सँगै पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी मन्दिर व्यवस्थापन समितिसँग सहकार्य गरी स्थानीय सरकारको ध्यान जान अत्यन्तै जरुरी भएको छ ।

Budhasubba-3