धरान :  धरान-१८ स्थित झुनाज फिटनेसमा परिसरमा महिलाहरूले उत्पादन गरेका घरेलु हस्तकला सामग्रीहरूको मिनी मेला सम्पन्न भएको छ ।

झुनाज फिटनेस तथा वेल्नेसको आयोजनामा एक किशोरी तथा महिलाहरूलाई उद्यमी बनाउनका लागी  हस्तकला उत्पादनहरूका डेरी प्रोडक्टहरु, मिठाई चकलेट, मेटल चुरा, साबुन,  जयपुरी जुत्ता, पस, टप बाला आदी सामानहरूको बिक्री तथा प्रदर्शनी  गरिएको छ । 

झुनाज फिटनेसको आफ्नै भवन परिसरमा आयोजित मिनी मेलामा धरानका क्षेत्रका किशोरी तथा महिलाहरूले विभिन्न उत्पादनहरू बिक्री तथा प्रदर्शनीमा राखेका थिए । स्टलमा किम्ची, ब्याग, हेरय बेल्ट, मण्डला हार्ट, शाक्य मय्जु पुचको खाजा स्टल, नेवारी खाजा सेट, अनमोल स्वीट्सका चकलेट लगायत सामग्रीहरू राखिएका थिए। 

१० बजे सुरु भएको मिनी मेला साँझ ७ बजे समापन भएको थियो भने १५ स्टलहरू भाँडामा राखिएका थिए। एक प्रदर्शनी भएपनी राम्रो व्यापार भएको स्टल राखेका व्यापारीहरूको भनाई थियो । प्रदर्शनीमा सहभागिता पनि राम्रो भएको आयोजकले जनाएको छ। 

झुनाज फिटनेस एण्ड वेल्नेसकी प्रोप्राइटर झुना मेवाहाङले आफ्ना सदस्यहरू अधिकांश लेडिजहरु भएको र कोही न कोही व्यापारमा पनि संलग्न भएको थाहा पाएपछि मिनी मेला आयोजना गरेको बताइन।

mini-mela-2