धरान : उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा गए राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ ।

गए राती पौने १० बजेको समयमा स्वर्गीय मदन भण्डारी स्मृति लोक मार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका चौदण्डीगढी नगरपालिका–२ का २८ वर्षीय रुपेश लामगादे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको पछाडिको टायरले किचेर घाइते भएकोमा, घाइतेलाई बेल्टार अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।