धरान : झापाको बिर्तामोड नगरपालिका-५ बाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का २५ वर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका-३ का २५ वर्षीय सुवास ताजपुरियालाई १ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शनिवार अपराह्न ५ बजे पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।