धरान : सुनौलो बाल संरक्षण आमा समूहको आयोजनामा नीराजन वस्ति कल्याण समाजको संयोजनमा धरान उपमहानगरपालिका १५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा १ दिने लैगिक हिंसा विरुद्ध कानुनी अधिकार विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

समूहकी अध्यक्ष मञ्जु गुरुङको सभापतित्व १५ नं. वडा अध्यक्ष नरेश कुमार इङ्वारमको प्रमुख आतिथ्यमा भएको कार्यक्रम, नीराजन बस्ती कल्याण समाजका सचिव लोकराज निरौला, फूलबारी आमा समूहकी जमुना खड्का, हातेमालो आमा समूहकी लीला ढकाल, गणतन्त्र टोल विकास संस्थाकी, शान्तिदेवी राई, मखमली आमा समूहकी मेनुका लिम्बु खड्का, लक्ष्मी टोल विकास संस्थाका अम्बर बहादुर कार्की, मिलन पथ टोल विकास संस्थाका बादल भट्टराई, सुसन टोल विकास संस्थाका अशोक चन्द्र राई, सुनौलो आमा समूहकी सानुका लिम्बु, सुनगाभा टोल विकास संस्थाका भीम बहादुर लिम्बु शिवगंगा टोल विकास संस्थाका रत्नकुमार नेम्बाङ, श्याम चौक महिला समूहकी अम्बिरा रसाइली, चेम्जोङ्गकापथ टोल विकास संस्थाका गणेश प्रधान चुम्लुङ, नौलो पथ टोल विकास संस्थाका नर बहादुर श्रेष्ठ, सरिता श्रेष्ठको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष नरेश कुमार इङवारमले कार्यक्रमका लागि महिलाको सीप र क्षमता विकास लक्षित बजेट बाट आर्थिक सहयोग गरेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

संस्थाकी सल्लाहकार प्रेमकुमारी राईले संस्थाको परिचय मन्तव्य राखेकी थिइन । स्वागत मन्तव्य प्रेमकुमारी श्रेष्ठले व्यक्त गरेकी थिइन, अभिमुखीकरणको सहजीकरण अधिवक्ता अवइन्द्र निरौलाले गरेका थिए । कार्यक्रमको सञ्चालन दिल कुमारी राईले गरेकी थिइन् ।