धरान : झापाको भद्रपुर नगरपालिका १० भृकुटी चौकबाट ब्राउनसुगर कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले किनबेच गर्न लागेको अवस्थामा १६ ग्राम ९३० मिली ग्राम लागूऔषध ब्राउनसुगर सहित सोही स्थान बस्ने ३९ वर्षीय माईक मर्डि र कचनकवल-६ बस्ने २१ वर्षीय रोशन मगरलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।