धरान : भर्खरै सम्पन्न तेस्रो कटारी नगर मेयर कप तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिका प्रथम भएको जानकारी गराउँदै आइतबार प्रशिक्षक सुरज कार्कीले मेयर तिलक राईलाई शिल्ड र प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।

तेस्रो कटारी नगर मेयर कप आमन्त्रित तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिका प्रथम भएको थियो ।
गएको चैत्र ६ देखि ७ गते सम्म सञ्चालन भएको मेयर कप तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिकाले ६ गोल्ड र एक वटा ब्राउन्स मेडल जित्दै प्रथम भएको हो ।

धरान उपमहानगरका तेक्वान्दो प्रशिक्षक सुरज कार्कीका अनुसार प्रतियोगितामा प्रदीप लिम्बु ९५४ केजी, रोहित राई ९४९ केजी, साजन राई ९४२ केजी, क्षितिजा गुरुङ ९४३ केजी, यमुना राई ९४६ केजी र कृस्टिना राई ९४२ केजी ले गोल्ड मेडल जित्न सफल भएका थिए । साथै ५८ केजीका यमन विष्टले ब्राउन्स मेडल जित्न सफल भए ।

यसभन्दा अघि प्रदेश नं. १ ओपन तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा पनि धरान उपमहानगरपालिका प्रथम भएको थियो । इटहरीमा आयोजित प्रतियोगितामा धरान उपमहानगरपालिकाका तेक्वादो खेलाडीहरूले १४ वटा गोल्ड, ७ वटा सिल्भर र ४ वटा ब्राउन्स मेडल प्राप्त गर्दै प्रथम भएका थिए ।

Taikandoo-1