धरान : विगतका सालहरूमा निकै ठुलो भिडभाडका साथ भव्य होली मनाउने धरानेहरु यस पटक कोरोना कहरको कारण यस पटक धरानमा होलीमा खासै भिडभाड भएन ।

Holi-10

दुई वर्षको होलीलाई कोरोनाले प्रत्यक्ष असर गर्‍यो । यस भन्दा अघिका वर्षहरूमा धरानको मुख्य चौक भानुचौक लगायतका बजार क्षेत्रहरूमा अचाक्ली भिडभाड हुने गर्दथ्यो ।

Holi-5

माछाभौडीमा मटका फुटाउने हाँडी फुटाउने गरिन्थ्यो । तर गत वर्ष देखि कोरोनाको कारण धरानमा होली पर्वको रौनक पुरै हराएको छ ।

Holi-8

धरान उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय धरानले होलीमा समूहमा होली नखेल्न आग्रह गरेसँगै दरानवासीहरू पनि कोरोना सङ्क्रमणबाट संयमित भएका हुन् ।

Holi-9 आज तराईमा होली खोलिने दिन भएकोले धरानमा पनि सम्भावित स्थानहरूमा भिडभाड हुने स्थानहरूमा अरू बेलाको भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

Holi-1 Holi-2 Holi-3 Holi-4 Holi-6