धरान : शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरे अनुसार धरानमा पनि धरानमा पनि शिक्षण संस्था बन्द हुने भएका छन् ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सोही अनुसार धरानमा पनि सबै शिक्षण संस्थाहरू बन्द हुने धरान उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रत्नबहादुर कटुवालले बताए ।

शुक्रवारदेखि काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको बताइएको छ । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका छन् ।

मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताएका छन् । अब सबै शिक्षण संस्था मङ्गलवारदेखि शुक्रवारसम्म बन्द हुनेछन् ।

Press-Bigyapti