धरान : मोरङ मिक्लाजुङ गाउँपालिका ६ थामी झोडा बस्ने ५० वर्षीय याम बहादुर बोहोराको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

गए राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जङ्गलबाट आएका ३ वटा जङ्गली हात्तीले किचेर गम्भीर घाइते भएका थिए ।

घाइते भएका बोहोराको उपचारको लागी अस्पताल लैजाँदै गर्दा गए राति ११ बजे बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।