धरान : ताप्लेजुङको पाथीभरा याङवारक गाउँपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

गए राती १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २०/२५ मिटर तल खसी दुर्घटना हुँदा ट्रिफर चालक सिन्धुली कमलामाई ४ बस्ने २४ वर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाउँ बस्ने १८ वर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथीभरा याङवारक २ थेचम्बु बस्ने २० वर्षीय मन्दिप लिम्बु घाइते भएका थिए ।

घाइते मध्ये कृष्ण बिकको उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा गए राती ११ बजे मृत्यु भएको थियो भने अन्य २ जना घाइतेको विएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।