धरान : ओखलढुङ्गा र सुनसरीमा भएको दुई छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार ओखलढुङ्गाको खिजिदेम्बा–६ भित्तेमा ५८ बर्षीया पासाङ शेर्पाको चट्याङले लागेर मृत्यु भएको हो ।

मङ्गलवार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङले पासाङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यसै गरी सुनसरीको भोक्रहा नरसिंह–४ मिलनचोकबस्ने ५५ वर्षीय बेचन उराउको सिटि सफारीको ठक्करबाट मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे मिलनचोक स्थित भित्री सडक खण्डमा को १ ह १५७० नम्बरको सिटिले विपरीत दिसाबाट साइकलमा आइरहेका उराउलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका उमराउको म्याक्स हस्पिटल विराटनगरमा उपचारको क्रममा मङ्गलवार अपराह्न सवा ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सिटी र चालक भोक्रहा–१ का दिव नारायण मेहतालाई प्रहरीले नियन्त्रणमा छ ।