धरान : इलाका प्रहरी कार्यालय इटहरीले नेपाल टेलिकमको तार चोरी गर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ।

तार चोरी गर्दै गरेको अवस्थामा इटहरी-५ बस्ने ३१ वर्षीय ईश्वर लिम्बू र २४ वर्षीय मेनुका राईलाई पक्राउ गरेको इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

इटहरी-५ स्थित पूर्व पश्चिम राजमार्गको खेती खोला पुलमा गत ०९ गते ११:२० बजेको समयमा नेपाल टेलिकमबाट अण्डर ग्राउण्ड गरिएको १२ सय पाइरको केवल काट्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रहरीले उनीहरूको साथबाट बन्चरो छेनो र हेक्सो ब्लेड पनि नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी केसीले बताए।