धरान : पाँचथरको याङबरक गाउँपालिका ३ ओयाम यलम्बर चौकमा भएको जिप दुर्घटनाबाट चालक फिदिम नगरपालिका २ पल्लोटार बस्ने ३६ वर्षीय फुल कुमार राईको मृत्यु भएको छ ।

आज बिहान ६ बजे फिदिमबाट च्याङथापु तर्फ जाँदै गरेको मे १ ज ३५६ नम्बरको जिप रोडबाट अन्दाजी २०० मिटर तल झरी दुर्घटना हुँदा गम्भीर घाइते भएका फुल कुमारको जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा आज पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाडीमा सवार सोही स्थानका २२ वर्षीय आषिस राईको विएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।