धरान : बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन वृद्धि भएको छ ।

ब्रिटिस सरकारले हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरूले पाउँदै आएको पेन्सन रकममा हेरफेर गरेपछि यस वर्ष पनि पेन्सन बढेको हो ।

बेलायती रक्षा मन्त्रालयका अनुसार यस वर्ष नेपालमा बढेको महँगीलाई समायोजन गर्न २.९३ प्रतिशत पेन्सन वृद्धि गरिएको छ । जसअनुसार सबैभन्दा कम पेन्सन थाप्नेहरूले अप्रिल १ देखि २३ हजार ६४७ रुपैयाँ ५१ पैसा भारतीय रकम बराबरको पेन्सन पाउने छन् । जसको नेपाली मुद्रामा सटही हुँदा ३७ हजार ८३६ रुपैयाँ हुन आउँछ ।

बेलायतले भारतीय सेनाको पेन्सनलाई आधार बनाएर भूतपूर्व गोर्खा सैनिकहरूलाई पेन्सन दिने भएकाले अहिले बढेको पेन्सन पनि भारतीय मुद्रामै रहेको छ ।

पेन्सन वृद्धिको सुची हेर्नुस् :

Suchi

www.nagarikkhabar.com बाट