धरान : मोरङ र पाँचथरमा भएको दुई छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

पाँचथरको फिदिम नगरपालिका १२ भोटेगाउँ बस्ने १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागी मृत्यु भएको छ ।
आज बिहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकाली नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका ढुङ्गानाको उपचारको क्रममा समर्पित अस्पताल पाँचथरमा आज दिउसो सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसै गरी मोरङको रतुवामाई नगरपालिका ३ बस्ने ६० बर्षीया चिन्तिदेबि ताजपुरीयाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे सोही स्थानमा मे ११ प ५४५५ नम्बरको मोटरसाइकलले पैदल हिँड्दै गरेकी ताजपुरियालाई ठक्कर दिई घाइते बनाएको थियो । घाइतेको रंगेली अस्पतालमा उपचारको क्रममा हिजो साँझ साढे ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवा मोरङले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक सोही स्थानका अक्षय कुमार ताजपुरियालाई प्रहरीको नियन्त्रणमा लिएका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।