धरान : सुनसरी धरान १५ का ३० वर्षीय दुर्गा बहादुर राईलाई नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ ।

बुधवार दिउसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थान सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसै गरी मोरङ विराटनगर १६ हुलासचौकबाट नियन्त्रित औषधी सहित १ जनालाई पक्राउ गरेको छ । आज दिउसो साढे १२ बजे लागूऔषध ब्युरो विराटनगरबाट खटिएको टोलीले सुनसरी बराहक्षेत्र ५ कालाबंजर बस्ने २३ वर्षीय फडिन्द्र श्रेष्ठलाई नियन्त्रित औषधी एभिल ११ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याप ९ एम्पुल र फेनारगन ४ एम्पुल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।