धरान : नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको चैत्र २५ गते हुन गइरहेको महाधिवेशनले पत्रकारहरूमा चुनावी दौडधुप सुरु भएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र देशभरका सबै प्रदेश र जिल्ला शाखाहरूको एकै दिन हुने उक्त महाधिवेशनका लागि केन्द्रीय समिति र प्रदेश समितिको लागि उम्मेदवारी दर्ता समेत भइसकेको छ ।

नेपाल पत्रकार महासङ्घको , १ नम्बर प्रदेश समितिको हुन लागेको निर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ता भएको छ ।

नेपाल पत्रकार महासङ्घ १ नम्बर प्रदेश समितिका लागि लागि विभिन्न २१ पदमा ५६ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

१ नम्बर प्रदेश समितिको अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा प्रेस चौतारीसहितको गठबन्धनबाट मोहन काजी , प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट लीलाबल्भ घिमिरेको उम्मेदवारी दर्ता भएको छ भने प्रेस युनियनको सोमनाथ सुसेलीले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, खुल्ला उपाध्यक्ष पदमा प्रेस चौतारी सहितको गठबन्धनबाट सुनसरी धरानका रोहितकुमार राईले उम्मेदवारी दिएका छन् भने प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट पाँचथरका लवदेव ढुङ्गानाले उम्मेदवारी दिएका छन् । यस्तै, प्रेस सेन्टरबाट अर्जुन जम्नेली राईले पनि बागी उम्मेदवारी दर्ता गराएका छन् ।

महिला उपाध्यक्षमा प्रेस चौतारी गठबन्धनबाट कोकिला ढकाल र प्रेस युनियनबाट हिमाकुमारी चेम्जोङको उम्मेदवारी दर्ता भएको छ ।

यसै गरी, महासचिवमा प्रेस चौतारी गठबन्धनबाट फिपराज बेघा लिम्बू र प्रेस युनियन र सेन्टरको गठबन्धनबाट विवेक गौतमको उम्मेदवारी दर्ता भएको छ । प्रेस युनियन गठबन्धनबाट नै बन्धु पोखरेल र श्रीशिशा राई (श्रीप्रसाद)ले पनि बागी उम्मेदवारी दिएका छन् ।

खुल्लातर्फको सचिवमा अबिजाल विष्ट, कौशल निरौला, देवेन्द्र कार्की र भक्तशेर लिम्बूले उम्मेदवारी दिएका छन् । यसै गरी, समावेशी सचिवमा सन्तवीर लामा र सन्तोष यादवको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा सन्तोष रुचाल, गणेश साम्पाङ र विमल लामिछाने ‘बुद्धि’ ले उम्मेदवारी दिएका छन् । पाँच जना खुल्ला सदस्यको पदमा १४ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यहरूमा कमल रिमाल, टीकाराम उप्रेती, केशरबहादुर चौहान, केशव भट्टराई, गोपाल प्रसाद पोखरेल, तेजेन्द्र भण्डारी, तोयानाथ भट्टराई, ध्रुव भट्टराई, मीनराज (प्रवास) उप्रेती, युवराज विवश, लीलाराज झापाली, सत्यनारायण शर्मा, सुमन गुरागाईँ र सुरेन्द्र भण्डारीको उम्मेदवारी परेको छ ।

यसै गरी, ३ जना महिला सदस्यको पदमा सुभद्रा प्याकुरेल, विना देवी तामाङ, देवीका चाम्लिङ राई, बिनु तिम्सिना, माला पालुङवा, सुमित्रा कोइराला र सुशीला पाठक गरी ७ जनाको उम्मेदवारी परेको छ ।

दलित सदस्यमा रणध्वज लोहार र पिबी दियालीले उम्मेदवारी दिएका छन् भने आदिवासी जनजाति सदस्यमा उपेन्द्र चाम्लिङ, दिलकुमार लावती, विष्णु सुब्बा र यमनकुमार दनुवारको उम्मेदवारी परेको छ ।

दुई जना मधेसी सदस्यको पदमा सूर्यनारायण यादव, चन्दनकुमार रौनियार, प्रमोदकुमार यादव, फुलचन्द मेहता, ब्रम्हदेव यादवको उम्मेदवारी परेको छ ।

अल्पसङ्ख्यक सदस्यमा विजय धिमाल, तावील अन्सारी र लीलाबहादुर सुनुवारको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता पछि निर्वाचन समितिले बिहीबार नै उम्मेदवारको नामावली प्रकाशन गरेको छ भने आज साँझ ५ बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।

साँझ ६ बजे उम्मेदवारको अन्तिम सुची प्रकाशित गर्ने पनि समितिको भनाई छ ।

उम्मेदवारहरूको नामावली :

FNJ-Pradesh-1-Namawali-1

FNJ-Pradesh-1-Namawali-3FNJ-Pradesh-1-Namawali-2 

=