धरान : धरान उपमहानगरको मुख्य बजार क्षेत्रहरूमा फुटपाथ मिचेर व्यापारीहरूले पुनः सडक किनारामा पसल राख्न थालेका छन् ।

धरानको मुख्य बजार क्षेत्रहरू निकेतन गल्ली, चिनियाँ चोक , माछाभौडी, घण्टाघर गौतम पथ, नरेन्द्र पथ र भानुचौकको लोकतान्त्रिक चौतारी आसपासका । बजार धरानका वडा नं. २, ३, र १२ का विभिन्न गल्लीमा सडकलाई नै अवरोध हुने गरी टिनको छाना र त्रिपाल लगाएर व्यापारीले कपडा पसल तथा अन्य व्यापार सञ्चालन गर्न थालेका हुन् ।

Sadak-Atikraman-2

पसल माथि झुन्ड्याउने धातु, हुक, तार, त्रिपाल, कपडा झुन्ड्याउने ह्याङ्गर, बोर्ड, प्लास्टिकका डोरी झुन्ड्याउने र अन्य औजारका समानहरू पनि राख्न थालेका छन् ।

यसरी व्यापारीहरूले ड्रेनमाथि र फुटपाथ समेत मिचेर सामानहरू राख्दा सडक साँघुरिएको, भिडभाडले दुर्घटना समेत भएको, अनावश्यक संरचनाहरूले धरानको सुन्दरता कुरूप बनेको, आपत्कालीन अवस्थामा वारुणयन्त्र र एम्बुलेन्स समेत छिर्न गाह्रो हुन थालेको छ । यसबारे उपमहानगर बेखवर झैँ बनेको छ ।

हाम्रो धरानलाई राम्रो धरान बनाऊ भन्ने अभियान सफल पार्न मेयर तिलक राई स्तरीय निर्णय भएर गत माघ २७ गते देखी ३० गतेसम्म सुरु गरिएको यो अभियान अन्तर्गत उपमहानगरले ३ सय बढी पसललाई सचेतना गराउँदै फुटपाथमा रहेका व्यापारीका सामान हटाएको थियो ।

Sadak-Atikraman-3

७ दिन भनी चलाएको अभियानले ४ दिन मात्र निरन्तरता पायो । उपमहानगरले फलोअपमा आउँदा अटेरी गरेको खण्डमा सामान जफत गर्ने चेतावनी समेत दिएको यो अभियानलाई निरन्तरता नदिँदा झन् व्यापारीहरू अटेरी भएका छन्।

माघमा गरिएको अनुगमनमा २० जना व्यापारीको दोकान समेत दर्ता नगरी सञ्चालन गरेको पाइएको थियो । दोकानमा गिफ्ट दोकान लेखेर भाँडा तथा लुगा पसल समेत गरेको पाइएकाले तत्काल उपमहानगरले सबैलाई दर्ता गर्न लगाएको थियो । उपमहानगरमा फागुनमा पछि ४ वटा मात्र दोकान दर्ता भएका छन् । दोकान दर्तामा पनि उपमहानगरले खासै चासो देखाएको छैन ।

उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाकाले होटल अनुगमन, राजश्व छलीका सामान आदी पनि अनुगमन गर्ने थालेकाले बजार अनुगमनलाई निरन्तरता दिन नसकेको बताएका छन् । उनले भने बजार अनुगमन गरेर सचेत पारिएका व्यापारीले अटेरी गर्दा के गर्ने र दोकान दर्ता नगरेका व्यापारीलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

हामी अब अटेरी गर्ने दर्ता नगर्ने व्यापारीलाई जरिवानाको मूल्य निर्धारण गरेर छिटो भन्दा छिटो बजार अनुगमनलाई निरन्तरता दिने अधिकृत सापकोटाले बताएका छन् ।

Sadak-Atikraman-1

केही दिन धरान उपमहानगरपालिका लागि परेर बजार अनुगमन सँगै व्यवस्थापनमा लागेको जस्तो देखिए पनि अहिले धरान ३ चिनिया चौकको सब्जी मन्डीको सडक किनाराको अवस्था उस्तै रहेको छ । बिहान साढे ४ बजे देखिनै सागसब्जी बेच्ने सो स्थानमा पुरै सडक अतिक्रमण गरेर तरकारी बजार लाग्दा मानिस र सवारी साधन आउजाउमै समस्या देखिएको छ ।

स्थानीयवासी भन्छन् '१,२ दिन यसो केही होला जस्तो लाग्यो अहिले उस्तै अवस्थामा फर्कियो ।' यसो हुनुको मुख्य कारण धरान उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता नदिनु नै मुख्य कारण हो ।