धरान : सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ आउँदै गरेको बस पिलुवामा दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

को १ख २८२४ नम्बरको शुभम् डिलक्स बस आज बिहान अन्दाजी साढे नौ बजे तिर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परि घाइते भएका ८,९ जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । ती मध्ये केही यात्रु गम्भीर भएको बताइएको छ ।

बाँकी घाइतेहरूलाई चैनपुरमा उपचार पछि केही डिस्चार्ज भएर घर फर्किसकेका छन् भने केही अझै पनि उपचाररत रहेको प्रहरीले बताएको छ । अत्यधिक गतिका कारण साँगुरो र पहाडी बाटो भएकोले बस दुर्घटना भएको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । धरान प्रहरीका अनुसार अहिले सम्म बीपीमा घाइते बिरामी उपचारको लागि ल्याईपुर्याएको छैन ।

Bus-Accident-2