धरान : झापाको भद्रपुर नगरपालिका ४ डाँगीबारीबाट बिहीबार राती साढे ८ बजे ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोविन्द राजवंशी रहेका छन् ।

उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।