धरान : धरानको वडा नं. १२ मा ज्येष्ठ नागरिक समाज तथा मिलन केन्द्रको कार्यालय समुद्घाटन भएको छ ।

शुक्रवार केन्द्रका अध्यक्ष प्रा हरि बहादुर विष्टको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो । कार्यालय उद्घाटन कार्यक्रममा धरान १२ नं. वडा कार्यालयबाट कार्यालयका लागि आवश्यक सामग्रीहरू वडा सचिव सुशीला अधिकारी प्रसाईँले सचिव हरिकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

अर्को व्यवस्था नहुन्जेल सम्म कार्यालय सञ्चालनका लागि अध्यक्ष हरि बहादुर विष्टले आफ्नो घरको कोठा र ज्येष्ठ नागरिक भेला हुने स्थान लगायतका आवश्यक सामग्रीहरू निःशुल्क प्रदान गरेका छन् ।

कार्यालयमा मासिक बैठक, नियमित भेटघाट, योजना अनुसार स्वास्थ्य शिविर, भजन कीर्तन तथा विभिन्न कार्यक्रम सञ्चालन गरिने केन्द्रका अध्यक्ष हरि बहादुर विष्टले बताए ।

डाका सदस्य ब्रह्मज्ञ भट्टराई ज्येष्ठ नागरिक सँंगिता सुब्बा, समाजसेवी हरि कार्की लगायतले ज्येष्ठ नागरिकको विषयमा बोलेका थिए । कार्यक्रममा वडा सदस्य चुन्नु थापा मगर, शान्ति त्रिखत्री लगायत ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।