विराटनगर : आचार्य कल्याण समाज विराटनगर समितिको अध्यक्षमा मनोजकुमार आचार्य चयन भएका छन् ।
समाजको शुक्रवार विराटनगरमा बसेको भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो।

समाजको कृष्णप्रसाद आचार्य, सचिवमा अर्जुन आचार्य, कोषाध्यक्षमा डा.मिरा आचार्य चयन भएका छन् । यस्तै सदस्यहरूमा तीर्थ प्रसाद आचार्य, डम्बर प्रसाद आचार्य, दीपेन्द्र आचार्य, अर्जुन प्रसाद आचार्य र सरोज आचार्य चयन भएका छन्।

कल्याण समाजको सल्लाहकारहरूमा गङ्गा प्रसाद आचार्य, प्रेम प्रसाद आचार्य, जय प्रसाद आचार्य, दीपक आचार्य, विजय आचार्य, डा. आनन्द आचार्य, डा. रवि आचार्य र डा. रोशन आचार्य रहेका छन्।